सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ७ मोहनगंजमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गएराति राम अवतार महतोको गोठमा अचानक आगलागी भई गोठमा राखिएका सामग्री पूर्ण रूपमा जलेका हुन् ।
स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ । हाल आगलागीको कारण नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






