धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी टोलमा बिहीबार राति आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । स्थानिय पाण्डव यादवको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगलागी हुँदा करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






