सिराहा । सिराहा जिल्लाको भगवानपुर गाउँपालिका १ भगवानपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ४० ग्रामसहित चार जना पक्राउ परेका छन् । शनिबार राति अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत बिहार मधुबनी जिल्ला लौकही पञ्चायत झौहरी ग्राम घोवयाही १ का २४ वर्षीय मो. मिस्टर र २३ वर्षीय मोहमद मुस्तफा, मधुबनीकै खुटौना पञ्चायत प्रसाही पूर्वी ग्राम मुरारपट्टीका ३८ वर्षीय अख्तर हुसेन तथा सप्तरी खडक नगरपालिका ६ का ४२ वर्षीय आविद हुसेन रहेका छन् ।
प्रहरीले उनीहरू सवार बीआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




