रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ मेनचौकस्थित रोहित बास्तोलाको किराना तथा दुध डेरीमा विद्युत सर्ट भइ शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै सिराहाको मिर्चैया नगरपालिका ५ गुदरी बजार बस्ने राजेश साहको पसलमा शनिबार साँझ आगलागी हुँदा करिब १ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






