सिन्धुली । आफ्नै आमाको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुला राज सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो अंशबन्डाको विवादका कारण उनले आफ्नी आमा ६५ वर्षीया फाल कुमारी सुनुवारमाथि फलामको खन्ती प्रहार गरेका थिए । गम्भीर चोट लाग्दा फाल कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे जानकारी पाएलगत्तै प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले तुला राजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।






