जनकपुरधाम । धनुषा र सर्लाहीमा प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३ बसपार्कबाट सोमबार दिउँसो ९ किलो गाँजा, ३ हजार ३ सय ४० नेपाली रुपैयाँ र ३ हजार ३ सय ५१ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा भारत दिल्ली, भारतनगर पत्थरवाला वाग बस्ने ३४ वर्षीय मोहम्मद नसिम र बजिरपुर बस्ने २६ वर्षीय मोहम्मद इनायतुल्ला रहेका छन् । उनीहरूलाई प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका ४ बाट सोमबार साँझ करिब ५५ किलो २ सय २० ग्राम गाँजासहित सोही नगरपालिका १२ घारीबथान बस्ने ३२ वर्षीय संजिव भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाइएको छ ।






