महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्रामसहित सिराहा सुखीपुर नगरपालिका २ बस्ने २४ वर्षीय राजिव राज महतोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६९१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।






