बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पूर्वटोलबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित सोही उपमहानगरपालिका ११ खेस्रोल बस्ने २० वर्षीय मुना यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बीर ०५ एम ७७१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






