काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ५५ ग्राम र डिजिटल तराजु १ थानसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका २६ वर्षीय सुगन लामा, २६ वर्षीय दिनेश लामा, सिराहा धनगढीमाई नगरपालिका ७ घर भएका २६ वर्षीय रविन्द्र महतो, सिराहा अर्नमा गाउँपालिका २ घर भएका २७ वर्षीय राम ललन ठाकुर र २८ वर्षीय धिरज कुमार महतो रहेका छन् ।
सुगन र दिनेशलाई काठमाडौं महानगरपालिका २६ ठमेलस्थित रेष्टुरेन्टबाट ४० ग्राम र डिजिटल तराजु १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी रविन्द्रलाई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट ५ ग्रामसहित तथा राम ललन र धिरजलाई ललितपुर, ललितपुर महानगरपालिका ९ बाट ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






