बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार उनले अदालतको फैसला प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सो रकम मागेका थिए । धमलालाई नेपालगञ्ज उपमहानगरपालिका ९ शान्तिनगरस्थित यातायात चोकबाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






