रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहिबार राति सिता राइस मिल नजिकै लु २७ प ७०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा संखरनगर बस्ने ५० वर्षीय इन्द्रबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चौराहा अस्पताल बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।




