काठमाडौं । बेनिघाट रोराङ गाउँपालिका ५ स्थित बादरेमोडस्थित पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल बोकेको ट्यांकर ठोक्किँएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ यातायात समितिको बस र पेट्रोल बोकेको ट्यांकर ठोक्किँदा बसमा सवार १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार बसमा ६० जना सवार थिए । तीमध्ये १३ जना घाइते भएका छन् ।
उनीहरुको मलेखुस्थित राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेहरू सबै बेनीघाट रोराङ गाउँपालिका २ का प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २० वर्षीया सरिता चेपाङ, ४५ वर्षीया हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ र २० वर्षीया अप्सरा चेपाङ रहेका छन् ।
यस्तै १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ घाइते भएका छन् ।
त्यस्तै, बस चालक मकवानपुरको कैलाश गाउँपालिका २ का ३१ वर्षीय जीवन राना र ट्याङकर चालक धादिङको थाक्रे गाउँपालिका ५ का ३५ वर्षीय बुद्ध थोकर प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






