काठमाडौं । आजदेखि ट्राफिक प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा काठमाडौंका विभिन्न स्थानमा डिउटी सुरु गरेका छन् । ट्राफिक प्रहरीले राजधानीका मुख्य चोक, बाटो घाटो र संवेदनशील क्षेत्रमा चेकिङ सुरु गरेको छ भने नेपाली सेनाले साथ दिएको छ ।

यातायात सुरक्षा सुदृढीकरणका लागि प्रहरीले आजदेखि नै सेनासँग सहकार्य गर्दै काठमाडौंका विभिन्न स्थानमा खटिएको हो ।










