सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका ३ बाट नियन्त्रित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका ४ बस्ने २३ वर्षीय बिमल तामाङसहित चार जना रहेका छन् । उनीहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको टोलीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००६७ नम्बरको म्याजिक गाडीमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र सिरिन्ज ३ थान बरामद गरिएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






