बारा । पर्सा र बारामा मंगलबार छुट्टाछुट्टै आगलागीका घटना भएका छन् । वीरगञ्ज महानगरपालिका ४ स्थित नारायणी अस्पतालको औषधि स्टोर रूममा मंगलबार बिहान विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म खुल्न सकेको छैन ।
त्यसैगरी, बारा जिल्ला पचरौता नगरपालिका ९ कुडवामा पनि गएराति आगलागी भएको छ । स्थानीय लाल बाबु साहको गोठमा लागेको आगोले करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै स्थानमा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






