बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ भलोहीस्थित विद्युत कार्यालयमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण अहिलेसम्म खुल्न सकेको छैन ।
त्यसैगरी, रौतहटको ब्रिंदावन नगरपालिका ४ हरैयास्थित बिनोद यादवको ‘राज ट्रेडर्स’ नामक मोटरसाइकल ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ भने घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान अघि बढाइएको छ ।






