रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ८ गोनाही बजारमा बस्ने दुर्गा बैठकको गोठमा शुक्रबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १९ सुन्दरनगरस्थित एमजी स्टिल इन्डस्ट्रियल प्रालिमा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भएर शुक्रबार दिउँसो आगलागी भएको छ । यस घटनामा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उक्त उद्योगका सञ्चालक कैलाश जैन हुन् । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । साथै, प्रहरीले घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






