सिराहा । सिराहा जिल्लाको सुखीपुर नगरपालिका ५ बस्ने कटिदेव यादवको गोठमा आइतबार बेलुकी आगलागी हुँदा गोठ पूर्णरूपमा जलेको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






