सिराहा । सिरहा नगरपालिका १७ पटेर्वा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८८० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका १६ का १८ वर्षीय एक किशोर पनि रहेका छन् ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स ४ प ७१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले फरार रहेको मोटरसाइकल चालकको खोजी गरिरहेको जनाएको छ । प्रहरीले सो घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।






