नवलपरासी पूर्व । कावासोती नगरपालिका ८ सगरमाथा टोलका ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको आरोपमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गरेका थिए । जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले घाइते संगितालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको थियो ।
तर उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




