रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ६ देउराली चोकबाट ट्रामाडोल ३ हजार ट्याब्लेटसहित सोही नगरपालिका ७ बस्ने ५३ वर्षीय दिपेन्द्र कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले ना ३३ प ९५३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।






