सिराहा । सिराहा र सप्तरीमा छुट्टाछुट्टै स्थानमा शुक्रबार आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहाको अर्नमा गाउँपालिका ५ कृष्णधर दुर्गा मन्दिर टोल बस्ने छटकन दासको भान्सा घरमा बेलुकी आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यस्तै सप्तरीको राजविराज नगरपालिका १३ बिसहरीयामा जय किशोर देवको गोठमा राति आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार स्थानीयवासी र दमकलको सहयोगमा दुवै स्थानमा आगलागी नियन्त्रणमा लिइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






