सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तिपुरमा सोमबार बिहान भएको आगलागीमा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय विवस पौडेलको घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सामाग्री जलेर नोक्सानी पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






