सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ३ झोहरा चोकमा सोमबार राति सुरेन्द्र प्रसाद साहको किराना पसलमा विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीका कारण पसल पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरी तथा सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका हुन् । प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ ।






