रुपन्देही । दुर्गा मूर्ति विसर्जनको क्रममा नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा क्षेत्रमा दुई समूहबीच भएको झडपमा कम्तीमा २० जना घाइते भएका छन् । बाँके प्रहरीका अनुसार घाइतेमध्ये तीन जना प्रहरी पनि रहेका छन् ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ र विवाद पूर्णरूपमा नियन्त्रणमा आएको छ । उनले सामाजिक सञ्जालमा फैलिरहेको ‘कोहीको ज्यान गएको’ भन्ने अफवाह असत्य भएको स्पष्ट पारे ।
प्रहरीले झडप भएका मुख्य तीन स्थानलाई नियन्त्रणमा लिएर निगरानी कडा बनाएको छ । थप सुरक्षा र शान्ति कायम राख्न नेपाली सेनाले पनि गस्ती गरेको छ । प्रहरीले जिल्लावासीलाई संयमित रहन र शान्ति कायम राख्न आग्रह गरेको छ ।




