कपिलवस्तु । कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने बाँकी २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको छ । प्रहरीले यात्रुलाई सुरक्षीत राख्न र दुर्घटनाको कारण अनुसन्धान गर्न सुरु गरिसकेको जनाएको छ ।




