कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
ना १ ख ५७०३ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा डोटी, दिपायल सिलगढी नगरपालिका १ टिखा घर भएकी १८ वर्षीया सरस्वती खड्का गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा घाइते भएका यात्रुमध्ये ३ जनाको लुम्बिनी सिटी अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।






