सर्लाही । सर्लाहीको बागमती नगरपालिका ६ बाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो बागमती नगरपालिका ६ का २८ वर्षीय जीवन घिसिङलाई प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल २१४ ट्याब्लेट, स्पास्मो २०० ट्याब्लेट र नगद २ हजार ५३० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले बा प्र ०२–०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार अवस्थामा घिसिङलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका घिसिङ माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






