नुवाकोट । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोटमा एक व्यक्ति पक्राउ परेका छन् । शिवपुरी गाउँपालिका ७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई मंगलबार राति आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा जितमानले खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






