कपिलवस्तु । जिल्लाका विभिन्न स्थानमा शुक्रबार साँझ दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिंघे तौलिहवा चोकस्थित सडकमा भएको हो ।
बा प्र ०१–००३२ च ८७६६ नम्बरको इभी भ्यान र प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही क्रममा लु ३ च ७५७ नम्बरको स्कार्पियोसँग पुनः ठोक्किँएर मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा झापा बुद्धशान्ति गाउँपालिका १ घर भएका २८ वर्षीय लोसन पौडेलको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि भ्यान र स्कार्पियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, यसोधरा गाउँपालिका ५ सुठौलीस्थित सडकमा पनि दुर्घटना भएको हो । यूपी ५१ एटी ४४५५ नम्बरको टेलरमा लु २२ प ९४८४ नम्बरको मोटरसाइकल ठोक्किँदा बाणगंगा नगरपालिका २ पिपरा बस्ने ३० वर्षीय गणेश कुमार गुप्ता गम्भीर घाइते भएका थिए ।
उनी पनि उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो । दुर्घटनापछि फरार रहेका टेलर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




