कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ८ जडैमा वादविवादका क्रममा एक युवकको हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।
गएराति सुर्खेत चौकुने गाउँपालिका ३ मौरीबन घर भई हाल घोडाघोडी नगरपालिका ८ जडै बस्ने २८ वर्षीय केशरसिं बुढाको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका १९ वर्षीय गगन भनिने गंगा बुढाक्षेत्रीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूले वादविवादका क्रममा हँसियाले प्रहार गरी केशरसिंको हत्या गरेका थिए । घटना बारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी प्रतिखेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






