सिराहा । सिराहाको गोलबजार नगरपालिका ६ बाट १५ ग्राम अवैध लागूऔषध (खैरो हेरोइन जस्तो देखिने पदार्थ) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ७ पुरानो चोहर्वाका २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका ७ फुलकाहाकट्टीका २४ वर्षीय विष्णु देव यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलचक्रबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उक्त १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो ।






