धनुषा । धनुषाको बिदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने ८ ग्राम ९ सय ९० मिलिग्राम पदार्थसहित सर्लाही, ईश्वरपुर नगरपालिका ३ भक्तिपुर बस्ने २९ वर्षीय नन्दु सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी झिझाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।






