काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) को हत्या गरेको आरोपमा संखुवासभा, खाँदबारी नगरपालिका ६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ शेर्पा) लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनामा संलग्न छिरिङलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानले देखाएको छ कि दुवैबीच वादविवाद भएको र झगडा गर्दा छिरिङले कुटपिट र ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । प्रहरीले आवश्यक थप अनुसन्धान जारी राखेको जनाएको छ ।






