पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १४ बाट प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार राति प्रहरीले २३ हजार ८ सय ८० ट्याब्लेट ट्रामाडोलसहित दुई जना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका ५ बस्ने १९ वर्षीय पुशपेन्द्र राज पाण्डे र भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला रक्सौल थाना प्रसौनी तपसी टोलका १९ वर्षीय सचिन कुमार रहेका छन् ।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले उनीहरूलाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको ट्रामाडोल लागूऔषधसहित दुवै जना हाल आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा रहेका छन् ।






