काठमाडौं । तिहारको समयमा घरायसी विवाद हुँदा काठमाडौंमा एक बुबाले आफ्नै छोराबुहारीमाथि खुकुरी प्रहार गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ५ थलीस्थित भीमबारी टोलमा बुधबार बिहान ५३ वर्षीय विष्णु उप्रेतीले ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् ।
छोराबुहारी हालै अमेरिकाबाट दशैं तिहार मान्न घर आएका थिए । खुकुरी प्रहारबाट छोरा रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ । आक्रमण गर्ने बुबा हाल उप्रेती प्रहरी वृत्त, बौद्ध अन्तर्गत गोकर्ण प्रभागको हिरासतमा रहेका छन् ।






