धनुषा । धनुषाको विदेह नगरपालिका १ बाट ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका १३ कीर्तिपुर टोल बस्ने २० वर्षीय आकाश यादव रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादवलाई प्रहरी चौकी ठाडिझिझाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा करिब १ ग्राम ३ सय ७० मिलिग्राम तौलको लागूऔषध जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको धनुषा प्रहरीले जनाएको छ ।




