कैलाली । कैलालीको जोशीपुर गाउँपालिका ३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनले आफ्ना ५० वर्षीय श्रीमान् लखनलाल कठरियामाथि घरायसी विवादका क्रममा कुटपिट गरेकी थिइन् । कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
घटना बारे जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको टोलीले आरोपी सुनितालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






