रूपन्देही । तुल्बुलिया खोला पुलस्थित सडकमा शनिबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुटवलबाट सालझण्डीतर्फ आउँदै गरेको लु प्र ०१–००३ प ४०४६ नम्बरको मोटरसाइकलले लु प्र ०१–०२ प ९०१६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक, गुल्मी मालिका गाउँपालिका ५ बस्ने २४ वर्षीय बिष्णु प्रसाद अर्याल गम्भीर घाइते भएका थिए र लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार अर्को व्यक्ति उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको छ भने स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




