नवलपरासी । सोमबार साँझ भारतीय नम्बर प्लेटको ट्रक लहरीले ठक्कर दिँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटना भैरहवा–परासी सडकको बाइपासमा भएको थियो, जब ट्रक सुनौली हुँदै काठमाडौं जाँदै थियो ।
घटना परासीको रामग्राम नगरपालिका ३ घोडपालीस्थित माइतीघरमा छठ पर्व मनाउन आएकी रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरीकी चार वर्षीया छोरी अनुष्का चौधरी माथि ट्रकले ठक्कर दियो ।
ठक्करपछि गम्भीर घाइते भएकी बालिकालाई पृथ्वीचन्द्र अस्पताल, परासी ल्याइयो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक २९ वर्षिय अमरजित बर्मा भारत उत्तर प्रदेश, महाराजगञ्ज, ग्राम चैनपुर पोष्ट दरहता निवासी, प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।






