ताप्लेजुङ । खोक्लिङबाट फुङ्लिङ तर्फ आउँदै गरेको ट्याक्सी ब्रेक फेल भएपछि बाटोबाट खसेको छ, तर यात्रु सबै सकुशल रहेको प्रहरीले जनाएको छ । घटनास्थल ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकको रिजाल लाइन–कंचनजङ्गा टोल सडक खण्ड हो ।
ट्याक्सी अनियन्त्रित भई करिब ५ मिटर मुनि तल खसेको भएपनि यात्रुहरूलाई कुनै चोटपटक लागेको छैन । सदरमुकाम फुङ्लिङको प्रहरीले घटनास्थलमा पुगेको छ । स्थानीयले भने, ब्रेक फेल जस्ता घटनाबाट बच्न ड्राइभरले सजग हुनुपर्नेमा जोड दिएका छन् ।






