सप्तरी । सप्तरी र पर्सामा आगलागीका घटनामा लाखौँ रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र पर्साको बोखार चोक स्थित शाहिव एण्ड शाहिद हार्डवेयर पसलमा आगलागी भएको थियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा गएराति आगलागी हुँदा कोशी ब्यारेज बस्ने ४५ वर्षीय बैजनाथ मण्डलको गोठ र ५५ वर्षीय राधेश्याम मण्डलको घरमा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यसैगरी पर्साको वीरगंज महानगरपालिका १६ बोखार चोक स्थित शाहिव एण्ड शाहिद हार्डवेयर पसलमा बुधबार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ । साथै, दुबै घटनामा आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।






