रूपन्देही । जिल्लामा दुई वटा अलग अलग सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मंगलबार राति कन्चन गाउँपालिका ५ फायरलाईन स्थित सडकमा भएको छ । बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।
इभी गाडी दुर्घटना हुँदा सैनामैना नगरपालिका ८ बस्ने ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका ५ बस्ने ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बहादुर बिकको गम्भीर घाइते भएर पिपरा अस्पताल, कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गाडी चालकसहित अन्य दुई जनाले लुम्बिनी सिटी अस्पताल र मर्सिसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै तिलोत्तमा नगरपालिका ४ डिंगानगरस्थित सडक दुर्घटना भएको छ ।
लु ४२ प ३५४१ नम्बरको मोटरसाइकलले पैदलयात्री ३५ वर्षीय सूर्य प्रसाद अधिकारीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही प्रहरीले दुबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




