सुर्खेत । आफ्नै आमाको हत्या गरेको आरोपमा भेरीगंगा नगरपालिका १२ मसिनाटोलका ३० वर्षीय कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कबिरामले शुक्रबार बिहान आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतमाथि फरूवा प्रहार गरेका थिए ।
फरूवाको प्रहारबाट गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालगाउँ सुर्खेत लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले आरोपी कबिरामलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।






