बारा । बाराको निजगढ नगरपालिका ९ ठाडो लाइनका ३५ वर्षीय पूर्णबहादुर अधिकारीको गोठमा सोमबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीपछि स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबाट गोठभित्र रहेका सामाग्री र पशुचौपायामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
हाल आगलागीको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






