काठमाडौं । धेरैलाई कोरोना भाइरसविरुद्धको खोप लगाएपछि कुनै न कुनै असर देखिएको हुन्छ । तर, केही व्यक्तिलाई भने कुनै पनि असर नदेखिन सक्छ । के खोप लगाइसकेपछि कुनै पनि असर देखिएन भने त्यो खोप काम गर्दैन त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो ।
खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन । खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ । तर, यो दुबै अवस्थामा खोपले काम भने गर्छ ।







