पर्सा । वीरगंज महानगरपालिका १६ स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख २८६१ नम्बरको बसमा मंगलबार राति आगलागी हुँदा बस पूर्णरूपमा जलेर करिब ६५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






