धनुषा । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरस्थित जयबाबा विश्वकर्मा इञ्जिनियरिङ वर्कशपमा बुधबार बिहान भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । महोत्तरी बर्दिवास नगरपालिका ९ का अवधेश महतोले सञ्चालन गरेको उक्त वर्कशपमा विद्युत सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
महतोले संचालन गरेको जयबाबा विश्वकर्मा ईन्जिनियरिङ वर्कशपमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा वर्कशपमा मर्मतको लागि राखिएको प्रदेश ०१-०२-००१ ख ९६०१ नम्बरको बस र ना ८ ख ८२३९ नम्बरको टिपर पूर्णरूपमा जलेर क्षति भएको छ ।
साथै प्रदेश २-०३-००१ ख ६९६२ नम्बरको टिपर र ना ५ ख ८५३० नम्बरको टिपर आंशिक रूपमा जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






