सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका ४ हरकठवा नयाँ टोलबाट करिब ११ किलो ४ सय २० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ गाउँपालिका ६ निवासी ३१ वर्षीय आकास प्रजा रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको प्रहरी टोलीले बिआर–३०–आर–२९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बिहिबार दिउँसो चेकजाँच गर्ने क्रममा गाँजासहित फेला पारेको हो । पक्राउ परेका दुबै जनामाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइँदैछ भने घटना बारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।






