मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक क्षेत्रमा मिल्नेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्य प्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कार्य सम्पादनमा समस्या आउला । मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । मङ्गलवारबाट चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र शेयर बजारले साथ दिनेछ । सफल यात्राको योग पनि देखिन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर नियमित खर्च समेत बढ्ने योग छ, सचेत रहनु होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सकारात्मक छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सेयरको कारोबारमा फाइदा पनि हुन सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या हुन सक्छ त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । पढाईमा सहजता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सप्ताहमा सामाजिक क्षेत्रमा गतिलो समर्थन र सफलता पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम सम्बन्धको कोपिला फक्रनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा नै होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्य प्रति सृजक रहनु होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको सुरुका दिनमा संक्रमण रोगले दुख दिन सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । सोमबारबाट शुभकार्यको चर्चा चल्नेछ । अवसर आउनाले मन प्रसन्न रहनेछ । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला र खानपानमा विचार पुर्याउनु होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता प्यारो साथीसँग र आफन्तसँग समय बित्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शिक्षामा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)




